दफा ४३
क्षतिपूर्ति शुल्क घटाउने वा लिनु नपर्ने गरी आदेश गर्न सक्ने
(१) कुनै कसूरदारले दफा४१ बमोजिमको क्षतिपूर्ति शुल्क बुझाउन नसक्ने अवस्था भएमा सोको आधार, कारण रप्रमाण सहित क्षतिपूर्ति घटाउनु वा तिर्नुपर्ने आदेशको लागि सम्बन्धित अदालत समक्षनिवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पर्न आएको निवेदन उपर जाँचबुझ गर्दा अदालतलेत्यस्तो कसूरदारले क्षतिपूर्ति शुल्क बुझाउन नसक्ने मनासिब अवस्था देखेमा अदालतलेदफा ४१ बमोजिमको क्षतिपूर्ति शुल्क घटाउने वा लिनु नपर्ने गरी आदेश गर्न सक्नेछ ।